टेलिकमले डाटा सेवा प्रभावकारी बनायो « Khabarhub

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ ।

कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ।

डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको ‘पिसिआरएफ’ प्रणालीबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले स्तरोन्नति गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् ।

यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजी/थ्रीजी/फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ३५ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ