न‍ेकपाले सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने | Khabarhub Khabarhub

न‍ेकपाले सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । आज बेसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता , नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

बैठकमा प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए ।

बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पुर्‍याउन, पार्टीको विधान, नीति तथा अभिायनका बारेमा जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ । नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्यविभाजन र जिम्मेवारी बाडफाँड लगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन, सङ्गठन र आर्थिक विभागसमेत निर्माण गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम