माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई « Khabarhub

माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो ।

मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्रले नगद रु आठ लाख र उपविजेता बनेको माईभ्यालीले रु पाँच लाख प्राप्त गरेको छ ।

वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मच्छिन्द्रलाई उपाधि दिलाएका हुन् । हाफपछिको समयमा खेलाडीले भारी बर्षाका बीच खेल खेल्नुपरेको थियो । खेलको १२औँ माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए ।

२२औँ मिनेटमा मच्छिन्द्रका रेजिङ सुब्बाको प्रहार आकाशियो । ४३औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए ।

प्रतियोगितमा डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ उत्कृष्ट बने । किपर आयोजकका देव लिम्बू मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका निया एन्डेस बने । उत्कृष्ट सबैले समान रु २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टोलीका शरण बस्नेत घोषित भए । उनले नगद रु एक लाख १५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुबाल बने ।

उनले नगद रु २५ हजार प्राप्त गरे । विजेतालाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङलगायतले पुरस्कार वितरण गरेका थिए । शहीद स्मारक ए डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माईभ्यालीसहित सिजनका तीन उपाधि जितेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब