चीनमा कोरोनाको क्वारेन्टाइन बनाइएको भवन भत्कियो | Khabarhub Khabarhub

चीनमा कोरोनाको क्वारेन्टाइन बनाइएको भवन भत्कियो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा कोरोना भाइरसका संक्रमणको आशंका गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको भवन भत्किएको छ । दक्षिणी चीनको फुजियान प्रान्तस्थित छाङ्झोउ शहरमा ५ तले भवन भत्किएको हो ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ७ बजेतिर उक्त भवन भत्केको जनाइएको छ । स्थानीय अधिकारीले उक्त भवन भत्किने बेला त्यहाँ कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएका ७० जनालाई क्वारेन्टाइनमा राखिएको जनाएका छन् ।

उक्त भवन यसअघि होटेलेको रुपमा रहेपनि त्यस क्षेत्रमा कोरोना भाइरसको प्रकोप फैलिएसँगै त्यसलाई क्वारेन्टाइनस्थल बनाइएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

संकटकाल व्यवस्थापन निकायले भत्केको भवनबाट २८ जनाको उद्धार गरिएको जनाएका छन् । तीबाहेक अरु दर्जनौं भत्केको भवनको भग्नावशेषमा फसिरहेका छन् ।

भवन भत्किनुको कारणबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र