चीनमा कोरोनाको क्वारेन्टाइन बनाइएको भवन भत्कियो « Khabarhub

चीनमा कोरोनाको क्वारेन्टाइन बनाइएको भवन भत्कियो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा कोरोना भाइरसका संक्रमणको आशंका गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको भवन भत्किएको छ । दक्षिणी चीनको फुजियान प्रान्तस्थित छाङ्झोउ शहरमा ५ तले भवन भत्किएको हो ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ७ बजेतिर उक्त भवन भत्केको जनाइएको छ । स्थानीय अधिकारीले उक्त भवन भत्किने बेला त्यहाँ कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएका ७० जनालाई क्वारेन्टाइनमा राखिएको जनाएका छन् ।

उक्त भवन यसअघि होटेलेको रुपमा रहेपनि त्यस क्षेत्रमा कोरोना भाइरसको प्रकोप फैलिएसँगै त्यसलाई क्वारेन्टाइनस्थल बनाइएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

संकटकाल व्यवस्थापन निकायले भत्केको भवनबाट २८ जनाको उद्धार गरिएको जनाएका छन् । तीबाहेक अरु दर्जनौं भत्केको भवनको भग्नावशेषमा फसिरहेका छन् ।

भवन भत्किनुको कारणबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १९ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका