पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् ।

देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ । वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृत्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताए । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ ।

वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उनले जनाए ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ ।

पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस