पुलिस क्लब: आहा रारा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

पुलिस क्लब: आहा रारा गोल्डकपको सेमिफाइनलमा


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईको प्रहार गोलमा परिणत हुँदा अनुप लिम्बूको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले रोक्न सफल भएका थिए । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले मात्र गोल गरे । विदेशी खेलाडी उल्रिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए भने त्रिदेव गुरुङको प्रहार पोष्टमाथिबाट बाहिर गएको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा पुलिसले खेलको ७८औँ मिनेटमा भरत शाहको गोलमार्फत अग्रता बनायो । पुलिस खेलमा जित नजिक पुगेको अवस्थामा नियमित समयको थप गरिएको चार मिनेटको समयमा अन्तिम मिनेटमा घरेलु टोली सहाराले बराबरी गोल फर्कायो ।

सहाराका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अजय श्रेष्ठले प्रमेश गुरुङको पास सदुपयोग गर्दैै गोल गरेका हुन् ।

नियमित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको ११९औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा पुलिस १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा पुुलिस क्लबका गोलकिपर खड्का ‘म्यान अफ दी म्याच’ घोषित हुँदै  पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे ।

खेलपछिको पत्रकार सम्मेलनमा पुलिस क्लबका कप्तान भोला सिलवालले पाएको अवसर सदुपयोग गर्न नसक्दा र अन्तिम केही सेकेण्ड मात्र सम्हालिन नसक्दा टाइब्रेकरसम्म खेल पुगेको प्रतिक्रिया दिए ।

सहाराका प्रशिक्षक विष्णु गुरुङले हारजित आफ्नो ठाउँमा रहे पनि एकेडेमीका युवा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उल्लेख गरे । आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३९ बजे

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ

निर्वाचनमा भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न