पुलिस क्लब: आहा रारा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

पुलिस क्लब: आहा रारा गोल्डकपको सेमिफाइनलमा


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईको प्रहार गोलमा परिणत हुँदा अनुप लिम्बूको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले रोक्न सफल भएका थिए । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले मात्र गोल गरे । विदेशी खेलाडी उल्रिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए भने त्रिदेव गुरुङको प्रहार पोष्टमाथिबाट बाहिर गएको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा पुलिसले खेलको ७८औँ मिनेटमा भरत शाहको गोलमार्फत अग्रता बनायो । पुलिस खेलमा जित नजिक पुगेको अवस्थामा नियमित समयको थप गरिएको चार मिनेटको समयमा अन्तिम मिनेटमा घरेलु टोली सहाराले बराबरी गोल फर्कायो ।

सहाराका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अजय श्रेष्ठले प्रमेश गुरुङको पास सदुपयोग गर्दैै गोल गरेका हुन् ।

नियमित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको ११९औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा पुलिस १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा पुुलिस क्लबका गोलकिपर खड्का ‘म्यान अफ दी म्याच’ घोषित हुँदै  पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे ।

खेलपछिको पत्रकार सम्मेलनमा पुलिस क्लबका कप्तान भोला सिलवालले पाएको अवसर सदुपयोग गर्न नसक्दा र अन्तिम केही सेकेण्ड मात्र सम्हालिन नसक्दा टाइब्रेकरसम्म खेल पुगेको प्रतिक्रिया दिए ।

सहाराका प्रशिक्षक विष्णु गुरुङले हारजित आफ्नो ठाउँमा रहे पनि एकेडेमीका युवा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उल्लेख गरे । आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना