कोरोना भाइरसले युएईमा एक नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसले युएईमा एक नेपालीको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ ।

९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो ।

सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको उल्लेख गरिएका मृतकका आफन्तले जनाएका छन् ।

उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा युएईमा नै रहेको बुझिएको छ । युएईमा कोरोना भाइरसबाट अहिलेसम्म ११ नेपाली संक्रमित भएका छन् । त्यसमध्ये २ जना भने निको भइसकेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : २८ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा