जनताको विश्वास जित्न नेता नेपालले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

जनताको विश्वास जित्न नेता नेपालले गराए सरकारको ध्यानाकर्षण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका छन् ।

उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् ।

उनले कामको सिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाइरस जो कसैलाई पनि लाग्न सक्ने भन्दै नेता नेपालले कसैलाई यसको शङ्का लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

“विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाँहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपिल गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन राज्यका सम्पूर्ण निकायको सुरक्षित एवं प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको ध्यानाकर्षण गराउएका छन् ।

विपद्को समयमा सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका सम्भव सबै उपाय पारदर्शीरूपमा अवलम्वबन गरी सरकारले वास्तविक अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले हालसम्म गरिरहेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

उनले राज्यका परिभाषित काम गर्ने अङ्गको सबलीकरण एवं उच्च मनोबलसहित द्रुत परिचालन गरेर जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण गराए । कोरोना सङ्क्रमण देखिएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यसका कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ४२ बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ