जनताको विश्वास जित्न नेता नेपालले गराए सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

जनताको विश्वास जित्न नेता नेपालले गराए सरकारको ध्यानाकर्षण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका छन् ।

उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् ।

उनले कामको सिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाइरस जो कसैलाई पनि लाग्न सक्ने भन्दै नेता नेपालले कसैलाई यसको शङ्का लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

“विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाँहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपिल गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन राज्यका सम्पूर्ण निकायको सुरक्षित एवं प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको ध्यानाकर्षण गराउएका छन् ।

विपद्को समयमा सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका सम्भव सबै उपाय पारदर्शीरूपमा अवलम्वबन गरी सरकारले वास्तविक अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले हालसम्म गरिरहेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

उनले राज्यका परिभाषित काम गर्ने अङ्गको सबलीकरण एवं उच्च मनोबलसहित द्रुत परिचालन गरेर जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण गराए । कोरोना सङ्क्रमण देखिएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यसका कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ४२ बजे

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा