भेनेजुएलामा सुरक्षा तैनाथी उच्च, आवश्यक परे अमेरिकासँग युद्ध गर्ने « Khabarhub

भेनेजुएलामा सुरक्षा तैनाथी उच्च, आवश्यक परे अमेरिकासँग युद्ध गर्ने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाले मुलुकभर तोप राख्दै सुरक्षा तैनाथी उच्च बनाएको छ ।

अमेरिकासँग बढ्दो टकराबसँगै राष्ट्रपति निकोलस मादुरोले देशैभरि तोप राख्दै सुरक्षा सतर्कता उच्च बनाएका हुन् ।

अमेरिकाले हमला गरेको खण्डमा अमेरिकालाई उसकै भाषामा जवाफ दिने समेत उनले बताएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।

भेनेजुएलाका राष्ट्रपतिमाथि अमेरिकाले यसअघि नै उनको मोल तोकिसकेको छ । अमेरिकाले मादक पदार्थ तस्करी गरेको आरोपमा उनको मूल्य डेढ करोड डलर तोकेको थियो ।

मादुरोले एक ट्वीट गर्दै लेखेका छन्, ‘मैले आफ्नो देशका नागरिकहरुको सुरक्षाका लागि यो रणनीतिक रुपबाट हरेक इलाकामा तोप तयार गर्न आदेश दिएको हुँ ।’

उनले भनेका छन्, ‘म कोलम्बिया तथा अमेरिकाबाट पोषित समूहहरुको निन्दा गर्दछु, जसले कारवाहीको माध्यमद्वारा हाम्रो देशको स्थिरतालाई कमजोर बनाउन चाहान्छन् ।’

यसअघि मंगलवार मादुरोले विश्वभरिका नेताहरुलाई सम्बोधन गर्दै भनेजुएला सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मादुरोका अनुसार अमेरिकाले लगाएको लागुऔषध तस्करी गरेको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले लागुऔषध तस्करीको मामिलामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी गर्न मिल्ने सूचना दिनेलाई १.५ करोड डलर दिने अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले घोषणा गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ५३ बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत