प्रधानमन्त्री ओलीको चिन्ता : अझै २ साता चुनौती थपिन सक्छ « Khabarhub

प्रधानमन्त्री ओलीको चिन्ता : अझै २ साता चुनौती थपिन सक्छ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा थप २ हप्तासम्म चुनौती थपिन सक्ने बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए ।

‘अझै पनि थप दुई साता थप चुनौती हुन सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस बीचमा माहारीको संक्रमण फैलिन नदिन सबै प्रयास गरिने छ । ¥यापिड टेस्ट किटले संक्रमण पहिचानमा सघाउने विश्वास लिएका छौं ।’

अहिले देखिएको संकटको कालो बादल छिट्टै हटेर जाने विश्वास लिएका प्रधानमन्त्री ओलीले त्यसबेला सम्मका लागि सबैले आफू रहकै स्थानमा सुरक्षित साथ बस्नुपर्ने बताए ।

‘जो जहाँ छौं त्यही सरक्षित रहौं । संकटको काले बादल हटेर जानेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशका सरकारको दायित्व हो । हाम्रो विश्वास छ विदेशमा रहेका नेपालीले पनि त्यहीको सरकारबाट माया पाउनुहुनेछ ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ३९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२