वनमन्त्री बस्नेतले गृहजिल्लामा पठाए स्वास्थ्य सामग्री « Khabarhub

वनमन्त्री बस्नेतले गृहजिल्लामा पठाए स्वास्थ्य सामग्री


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले आफ्नो गृहजिल्ला जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वस्नेतको व्यक्तिगत सहयोग तथा पहलमा स्वास्थ्य सामग्रीहरु जाजरकोट पठाइएको छ ।

मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ कार्टुन, ४५० थान ग्लोप्स र डिटोल लिक्विड र हेण्ड वास २ कार्टुन सहयोग गरेका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री वस्नेतको सहयोगले मनोवल उच्च बनाएको बताए ।

उनले प्राप्त स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १२ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया