लकडाउनको समयमा युट्युबमा हेर्नुहोस् ७ उत्कृष्ट कमेडी सिनेमा | Khabarhub Khabarhub

लकडाउनको समयमा युट्युबमा हेर्नुहोस् ७ उत्कृष्ट कमेडी सिनेमा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले नेपालभर लकडाउन गरेको छ । दुई हप्ता लामो लकडाउन पुनः वैशाख ३ गतेसम्म लकडाउन लम्बाइएको छ । लकडाउनका कारण आम नेपाली घरभित्र छन् ।

यतिबेला कुनै सिनेमा शूटिङ भइरहेका छैनन् भने हल पनि बन्द छन् । दर्शकले फिल्म हेर्न डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् ।

लकडाउनका बेला तपाईंसँग पनि फुर्सद हुनसक्छ । फुर्सदमा कुनै हास्य विधाका फिल्म हेरेर आफूलाई फ्रेस राख्न चाहनुभएको छ भने यी कमेडी सिनेमा तपाईंको रोजाइमा पर्न सक्छन्:

जात्रा

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमा ‘जात्रा’ वि.सं. २०७३ मा हलमा प्रदर्शन गरिएको थियो । यो सिनेमाले हलमा ५१ औं दिन मनाउन सफल भएको थियो ।

रिलिजअघि खासै चर्चामा नआएको सिनेमा दर्शकले रिलिजपछि रुचाएका थिए । सिनेमामा मध्यमवर्गीय परिवारका ३ युवाले पैसाको बोरा भेट्याएपछि आउने उतारचढाव देखाइएको छ ।

हास्य विधामा निर्माण भएको यो फिल्मका संवाद र यसको कथाले सिनेमालाई बलियो बनाएको छ ।

निर्देशकः प्रदीप भट्टराई

कलाकारः विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रेक्ष्या बज्राचार्य, प्रकाश घिमिरे, प्रवीण खतिवडा लगायत ।

कबड्डी

सन् २०१४ मा रिलिज भएको सिनेमाले कमेडी फिल्म मेकिङमा बाढी नै ल्याइदियो । डार्क कमेडी जानराको ‘कबड्डी’ मा मुस्ताङको नौरीकोट गाउँमा बस्ने काजीको एकोहोरो प्रेमकथालाई कमेडी ढंगले प्रस्तुत गरिएको छ । कमेडी सिनेमा मन पराउनेका लागि यो रोजाइको सिनेमा बन्न सक्छ ।

निर्देशकः रामबाबु गुरुङ

कलाकारहरुः दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, राजन खतिवडा, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की लगायत ।

छक्का पञ्जा

दीपकराज गिरीको समूहले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा’ फिल्म युट्युबमा उपलब्ध राम्रा कमेडी सिनेमामध्ये एक हो । सिनेमामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । यो सिनेमाले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा भने उत्साहजनक व्यापार गर्न सफल भएको थियो ।

निर्देशकः दीपाश्री निरौला

कलाकारहरुः दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेल लगायत ।

झोले

विदेश जान हिँडेको एक युवक (दयाहाङ राई) ले कागजपत्रसहितको झोला हराएपछि हुने घटनाक्रम समेटिएको फिल्म ‘झोले’ डार्क कमेडी सिनेमा हो । सिनेमामा सामान्य कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । वास्तविक कथामा आधारित भनिएको यो सिनेमाका धेरै दृश्य घरभित्र नै छायांकन गरिएको छ ।

निर्देशकः दीपेन्द्र के खनाल

कलाकारहरुः दयाहाङ राई, प्रियंका कार्की, शिशिर राना, ए गुरुङ लगायत ।

मिस्टर झोले

दयाहाङ राईको शीर्ष भूमिका रहेको सिनेमा ‘मिस्टर झोले’ मा एक गाउँको कथा समेटिएको छ । सिनेमाको नाम ‘झोले’ सँग मिल्दो देखिए पनि यो फिल्म ‘झोले’ को सिक्वेल भने होइन । सिनेमामा मिस्टर झोलेको प्रेमकथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशकः रामबाबु गुरुङ

कलाकारहरुः दयाहाङ राई, दिया पुन, वर्षा राउत, पुष्कर गुरुङ, प्रविण खतिवडा, विजय बराल, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, माओत्से गुरुङ लगायत ।

शत्रु गते

मह जोडी र दीपकराज गिरीको समूहको सिनेमा ‘शत्रु गते’ ले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि सिनेमाले भने राम्रो व्यापार गर्न सफल भएको थियो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, पल शाह, आँचल शर्मा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पारिवारिक घोचपेचका कारण एक जोडीमा आएको समस्यालाई सिनेमामा कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

निर्देशकः प्रदीप भट्टराई

कलाकारहरुः मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, किरण केसी लगायत ।

कबड्डी कबड्डी

सिनेमा ‘कबड्डी कबड्डी’ सन् २०१४ को सिनेमा ‘कबड्डी’कै सिलसिला हो । सिनेमामा पुराना कलाकारका साथ सौगात मल्लको पनि अभिनय छ । सिनेमामा मैयाँ पट्याउन दुई काजीले गर्ने कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

सिनेमाको तेस्रो सिक्वेल पनि हलमा प्रदर्शन भइसकेको छ । तर यो सिनेमा युटुयुबमा हाल उपलब्ध छैन ।

निर्देशकः रामबाबु गुरुङ

कलाकारहरुः दयाहाङ राई? सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, कविता आले, पुष्कर गुरुङ लगायत ।

यो बाहेक युट्युबमा उपलब्ध छ एकान छ, छक्का पञ्जा २, वडा नम्बर छ, फाटेको जुत्ता, मेरो पैसा खोइ, पोइ पर्‍यो काले लगायतका फिल्म पनि तपाईंलाई मन पर्ने सिनेमा हुन सक्छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : ३५ बजे

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले