भोलि पृथ्वीको सबैभन्दा नजिक हुँदैछ चन्द्रमा, ठूलो र बढी चम्किलो देखिने « Khabarhub

भोलि पृथ्वीको सबैभन्दा नजिक हुँदैछ चन्द्रमा, ठूलो र बढी चम्किलो देखिने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोली बिहान अर्थात चैत २६ गते बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात भोलि मात्र हुनेछ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।

भोली चन्द्रमा र पृथ्वीबीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर सुपरमुनका समयमा पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।

भोलि देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा चन्द्रमा आकारमा झण्डै १४ प्रतिशत ठुलो देखिन्छ । यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ । यस पटक चन्द्रमा गुलावी रंगको हुनेछ ।

अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पाेट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिनेछ । सीएनइटीको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट (जीएमटी) नेपाली समय अनुसार चैत २६ गते बिहान ८ बजेर २० मिनेटमा देखिने छ । जसका कारण नेपालमा अत्यधिक उज्यालो भएकाले चन्द्रमाको पुर्ण सुन्दरता भने देखिने छैन । तर अहिले अपरान्ह (चैत २५को अपरान्ह)पछि नै चन्द्रमा चम्किलो हुन थाल्नेछ ।

सुपरमुन शब्दको पहिलो प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका थिए । उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिएका थिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : १२ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको