कुवेतका प्रधानमन्त्रीले भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं « Khabarhub

कुवेतका प्रधानमन्त्रीले भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा कुराकानी गर्न मंगलबार कुवेतका प्रधानमन्त्री अल सबाहसँग कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा कुवेतका प्रधानमन्त्रीले कोरोना संक्रमण देखिएका तथा आशंका गरिएका नेपालीहरुको उपचारमा पनि खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्यान्डलमा भनेका छन्, ‘आज (मंगलबार) दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोनमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ । कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ४९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको