४८ घण्टाको अवधिमा देखिएनन् कोरोनाका नयाँ संक्रमित, ८ संक्रमितको अवस्था सामान्य « Khabarhub

४८ घण्टाको अवधिमा देखिएनन् कोरोनाका नयाँ संक्रमित, ८ संक्रमितको अवस्था सामान्य


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कैलाली र कञ्चनपुरमा पनि कोरोना आशंका गरिएका व्यक्तिहरुको कोरोना परीक्षण सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कैलाली र कञ्चनपुरमा पोर्टेबल पीसीआर मेसिन र र्‍यापिट टेस्ट किटमार्फत कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले कैलालीमा १८ जना र कञ्चनपुरमा २१ जनाको कोरोना परीक्षणको काम शुरु भएको बताए ।

यस्तै जुम्ला र अछाममा पनि स्वाबको नमूना संकलन भइरहेको प्रवक्ता देवकोटाले बताए । कोरोना परीक्षणका लागि ४ सय ५० जनाको नमूना संकलन गर्ने र हरेक जिल्लाको क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरिने प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ वटा कोरोना आशंका गरिएका व्यक्तिको कोरोना परीक्षण भएको छ ।  ती मध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको र एक जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभ भएर विभिन्न अस्पतालमा उपचारत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज कोरोनाको नयाँ केस छैन,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमित ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ यस्तै कोरोनाको आशंकामा आज मात्र देशभर एक सय जना रहेको डा देवकोटाले बताए ।

काठमाडौं उपत्याकामा १६ जना र उपत्यका बाहिर ८४ गरी कूल १०० जना व्यक्ति आइसोलेसनमा रहेका पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै विभिन्न देशबाट नेपाल चैत महिनामा प्रवेश गरेको ९ हजार २ सय २८ जना देशभर क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिसँगै सम्पर्कमा रहेका र एउटै विमानमा आएका व्यक्तिहरुलाई सम्पर्क गर्ने काम ९० प्रतिशत पूरा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्स मार्फत २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो लक्षणबारे जानकारी गराएका छन् । ती मध्ये स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रेड जोनमा १७ जनालाई राखेको छ ।

उक्त एप्स मार्फत हालसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो लक्षणबारे जानकारी दिएका छन् । ती मध्ये हालसम्म १ सय ७२ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ५८ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत