४८ घण्टाको अवधिमा देखिएनन् कोरोनाका नयाँ संक्रमित, ८ संक्रमितको अवस्था सामान्य | Khabarhub Khabarhub

४८ घण्टाको अवधिमा देखिएनन् कोरोनाका नयाँ संक्रमित, ८ संक्रमितको अवस्था सामान्य


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कैलाली र कञ्चनपुरमा पनि कोरोना आशंका गरिएका व्यक्तिहरुको कोरोना परीक्षण सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कैलाली र कञ्चनपुरमा पोर्टेबल पीसीआर मेसिन र र्‍यापिट टेस्ट किटमार्फत कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले कैलालीमा १८ जना र कञ्चनपुरमा २१ जनाको कोरोना परीक्षणको काम शुरु भएको बताए ।

यस्तै जुम्ला र अछाममा पनि स्वाबको नमूना संकलन भइरहेको प्रवक्ता देवकोटाले बताए । कोरोना परीक्षणका लागि ४ सय ५० जनाको नमूना संकलन गर्ने र हरेक जिल्लाको क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरिने प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ वटा कोरोना आशंका गरिएका व्यक्तिको कोरोना परीक्षण भएको छ ।  ती मध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको र एक जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभ भएर विभिन्न अस्पतालमा उपचारत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज कोरोनाको नयाँ केस छैन,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमित ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ यस्तै कोरोनाको आशंकामा आज मात्र देशभर एक सय जना रहेको डा देवकोटाले बताए ।

काठमाडौं उपत्याकामा १६ जना र उपत्यका बाहिर ८४ गरी कूल १०० जना व्यक्ति आइसोलेसनमा रहेका पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै विभिन्न देशबाट नेपाल चैत महिनामा प्रवेश गरेको ९ हजार २ सय २८ जना देशभर क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिसँगै सम्पर्कमा रहेका र एउटै विमानमा आएका व्यक्तिहरुलाई सम्पर्क गर्ने काम ९० प्रतिशत पूरा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्स मार्फत २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो लक्षणबारे जानकारी गराएका छन् । ती मध्ये स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रेड जोनमा १७ जनालाई राखेको छ ।

उक्त एप्स मार्फत हालसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो लक्षणबारे जानकारी दिएका छन् । ती मध्ये हालसम्म १ सय ७२ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ४ : ५८ बजे

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार 

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार

कालीगण्डकी सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा