भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर « Khabarhub

भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ ।

गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो ।

लकडाउनको समयमा अलपत्र परेका तथा भोकै रहेका मानिसलाई सहयोग गर्ने क्रममा दुई नेपाली युवा गुफामा बसेको थाहा पाएपछि एसआई रमोला नेतृत्वको टोलीले उनीहरुलाई खाना खुवाएर उद्धार गरेको हो

उनीहरुलाई खाद्य सामग्रीको व्यवस्थासहित लक्ष्मण झूलास्थित आश्रममा राखेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

उद्धार गरिएका उनीहरुको नाम भने खुलाइएको छैन ।

उत्तराखण्ड प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उद्धारस्थल र उद्धारगरिएका नेपालीको तस्वीर राख्दै एसआइ रमोलाले उदाहरणीय काम गरेको उल्लेख गर्दै गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर लेखेको छ ।

सामाजिक सञ्जालमा पनि उत्तराखण्ड प्रहरीले गरेको मानवीय कामको प्रशंशा भएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा गरिएको लकडाउनले धेरै अलपत्र परेका छन् ।

दुई नेपाली बस्दै आएको गुफा

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ३८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना