कोरोना भाइरस : विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट  यो समाचार तयार पार्दासम्म ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् ।

संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर फर्किएका छन् । २२ लाख ५५ हजार १४१ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार २११ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४६ हजार ६३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख २४ हजार ९०४ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ८२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ लाख ७७ हजार ९४९ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ८०७ जनाको मृत्यु भएको छ । ६ लाख ३ हजार ७१ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १२ हजार ८२५ जनाको मृत्यु भएको छ । २ लाख ५४ हजार ७२ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार १५ जनाको ज्यान गएको छ भने ५२ हजार ७१३ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४८७ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ५२८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७४ हजार ७९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ४५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १४ हजार ५७ पुगेको छ ।

स्पेनमा एकै दिन ३ हजार १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितको संख्या घट्दो क्रममा रहेको स्पनेमा फेरि ३ हजारभन्दा बढी संक्रमित देखिएका हुन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ ।

फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । एक सातायता संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार १९१ पुगेको छ । संक्रमणले मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ । त्यहाँ एकै दिन ८२ जनाले ज्यान गुमाएका छन्सँ । योसँगै मृतकको संख्या १ हजार ७८५ पुगेको हो ।

भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ५७ बजे

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप