इरानमा पुनः कोरोना संक्रमणका घटना बढे « Khabarhub

इरानमा पुनः कोरोना संक्रमणका घटना बढे


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान-केही दिनयता इरानमा कोभिड-१९ को महामारी नियन्त्रणउन्मुख भइरहेका बेला पुनः कोरोना संक्रमणका घटना बढ्न थालेका छन् । विहीबार विहान समाचार तयार पार्दा सम्म थप एक हजार ६ सय ८० नयाँ बिरामी देखिएका छन्।

११ अप्रिलयता एकैदिनमा त्यति धेरै नयाँ बिरामी फेला परेको यो पहिलोपटक हो। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका बिरामी एक लाख नाघेका छन्।

मध्यपूर्वका देशमध्ये कोभिड-१९ को सबैभन्दा ठूलो चपेटामा इरान छ।

“पछिल्ला ३-४ दिनमा कोरोना भाइरस संक्रमणको केस एकाएक बढेको छ,” इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो मानिसहरू अनावश्यक यात्रामा निस्किनुको परिणाम हुन सक्छ।”

बीबीसीका अनुसार इरानले ११ अप्रिलदेखि लकडाउन खुकुलो बनाएको थियो। र, कम जोखिमवाला इलाकामा मस्जिदहरू पनि खोलेको थियो। पछिल्लो २४ घण्टामा इरानमा कोभिड-१९ का कारण ७८ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या ६ हजार चार सय १८ पुगेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : १० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको