जर्मनको फुटबल लिग मे १५ मा सुरु हुने « Khabarhub

जर्मनको फुटबल लिग मे १५ मा सुरु हुने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनको फुटबल लिग बुन्डेसलिगाका शीर्ष दुई डिभिजन लिग मे १५ देखि पुन: सुचारु हुने भएका छन् ।

जर्मन फुटबल लिग (डिएफएल) ले बुन्डेसलिगाका ३६ वटै क्लबलाई लिग सुचारु हुने जानकारी गराइसकेको छ ।

नोबेल कोरोना भाइरसका कारण लिगको बीचैमा रोकिएको थियो । तर,कोरोनाको जोखिमकै बीच जर्मन सरकारले सुरक्षितसाथ लिग सुरु गर्न डिएफएललाई निर्देशन दिएको हो ।

अहिले जर्मनमा १६ राज्यहरु लिग गर्न सक्ने भन्दै ग्रिन सिग्नल देखाएका छन् भने जर्मन चान्सलर एङ्गेला मर्केल र प्रधानमन्त्रीको सल्लाहपछि यो निर्णय भएको जनाइएको छ ।

‘आजको समाचार सुखद् छ । बुन्डेसलिगाका शीर्ष दुई डिभिजन गर्ने सहमती भएको छ’ डिएफएलका प्रशासनिक निर्देशक क्रिष्टियन सेइफेर्टले भने ‘मेडिकल र सांगठानिक कुराहरुमा क्लबको पनि मुख्य उत्तरदायित्व रहन्छ ।’

क्लब प्रतिनिधि र डिएफएलबीच आजनै छलफल हुँदैछ । क्लबहरुले भने सानो सानो समुहमा केही हप्ता अगाडि देखि नैअभ्यास सुरु गरिसकेका छन् । बुन्डेसलिगा र बुन्डेसलिगा २ का खेलाडी र स्टाफहरुको अघिल्लो हप्तामात्रै कोरोना परिक्षण गरिएको थियो । जसमा १० जनामा संक्रमण भेटिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।