बजेट अधिवेशनका लागि तयार भयो संघीय संसद : नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने « Khabarhub

बजेट अधिवेशनका लागि तयार भयो संघीय संसद : नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने

कोरोनाको रिपोर्ट हेरेर मात्रै सांसदलाई प्रवेश गर्न दिइने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको वर्षे अधिवेशन भोलि (शुक्रबार) शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमा सरकारले जारी गरेको अध्यादेशले खारेज गरेका साविकको ऐनको व्यवस्था जगाउने अध्यादेश टेवल गर्ने कार्यसुची रहेको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउउने अध्यादेश, २०७७’ कानूनमन्त्रीले टेवल गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनका केही दफा संसोधन गर्ने व्यवस्थासहितको दुई अध्यादेश जारी गरे पनि चौतर्फी आलोचना भएपछि अर्को अध्यादेशमार्फत दुई अध्यादेश खारेज गर्नेगरी अध्यादेश जारी गरेको थियो ।

पहिला ल्याइएका अध्यादेशले साविकको ऐनका दफा समेत खारेज भएकाले साविककै व्यवस्था राख्न बैशाख १२ गते अर्को अध्यादेश जारी गरिएको थियो । संसद अधिवेशन शुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन हुने विधेयक संसदमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै प्रवेश दिइने

संसद अधिवेशन शुरु हुनुपूर्व सबै संसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना परीक्षणको नतिजा देखाएपछि मात्रै सांसदहरुलाई प्रवेश दिइनेछ ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बिहीबार संकलन गरिएका सबै स्वाबको परीक्षण रिपोर्ट शुक्रबारसम्म आइपुग्ने र त्यहि अनुसार सांसदहरुलाई बैठक कक्षमा जान दिइनेछ ।

नीति तथा कार्यक्रम जेठ २ गते

संसद सचिवालयका अनुसार शुक्रबारदेखि बैठक शुरु हुने र २८ र २९ गतेगरी दुई दिन प्रि–बजेट छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम भने जेठ २ गते आउने छ ।

सचिवालयका प्रवक्ता पाण्डेका अनुसार जेठ २ गते बेलुका ४ बजेका लागि राष्ट्रपतिद्वारा दुबै सदनको संयुक्त बैठक आह्वान भइसकेको र त्यसैदिन राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्न कार्यसूची रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने भएका कारण सरकारले नियमित रुपमै बजेट पेश गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : २७ बजे

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित

काठमाडौँ– प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा

कच्चा निर्देशनले ‘राँटो’ राखे

फिल्म : मालती मंगलेकलाकार : विजय बराल, वर्षा राउत र

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक