लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-३ बस्ने ४६ वर्षीय सन्तोष पटेल, निजकै श्रीमती ३७ वर्षीया बबिता देवी, सोही ठाउँ बस्ने २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका-२ बहुअर्वाभाठा बस्ने २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका-३ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सन्तोष पटेलको घर तलासी गर्दा बिक्री वितरण गर्न लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-५ पोखरभिण्डाबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ पिस, नाइट्राभेट ट्याब्लेट २ पत्ता र एक्प्लान ३ बोतल सहित महोत्तरी गाउँपालिका-५ बस्ने २५ वर्षीय श्याम ठाकुर लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ४ : ५६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर