बंगलादेशमा रहेका नेपाली विद्यार्थीद्वारा ‘रिले अनसन’ बस्ने चेतावनी « Khabarhub

बंगलादेशमा रहेका नेपाली विद्यार्थीद्वारा ‘रिले अनसन’ बस्ने चेतावनी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको भन्दै शुक्रबारदेखि रिले अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।

बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक महिना अघिदेखि स्वदेश फर्काउन नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । विद्यार्थीहरुले आफूहरुको मागको सरकारले वेवास्ता गरेको भन्दै शुक्रबारदेखि अनसन शुरु गर्ने चेतावनी दिएका हुन् ।

बंगलादेशमा रहेका कलेज समेत आगामाी सेप्टेम्बर सम्मका लागि बन्द भएका छन् । आफूहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुले चाँडोभन्दा चाँडो स्वदेश फर्काउन आग्रह गर्दै आएका छन् ।

बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा स्वदेश फर्कन चाहने ८ सय ९८ जना नेपालीको विवरण समेत संकलन गरिएको छ ।

विदेशी भूमीमा रोग र भोकको त्रासमा अलपत्र रहँदा समेत सरकारले उद्धार नगरेको भन्दै विद्यार्थीहरुले अनशन बस्ने निर्णय गरेको बंगलादेशमा रहेका नेपाली विद्यार्थी नवीन यादवले बताए । विद्यार्थीहरुले आज विज्ञप्तिमार्फत भोलिदेखि  अनसनको  बस्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २१ बजे

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा