आज पनि वर्षा हुने पूर्वानुमान | Khabarhub Khabarhub

आज पनि वर्षा हुने पूर्वानुमान


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा विकसित ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा आजसम्म रहने भएकाले त्यसैको प्रभावस्वरूप अपराह्न मुलुकका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले बताएको छ ।

आइतबार बिहान देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने अपराह्नपछि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मध्यदेखि पूर्वसम्म निसर्गको प्रभाव हो भने पश्चिममा पश्चिमी वायु तथा स्थानीय वायुको समेत देशमा प्रभाव परेको छ। भोलिबाट भने चक्रवातको प्रभाव हट्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ३२ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७