आज पनि वर्षा हुने पूर्वानुमान « Khabarhub

आज पनि वर्षा हुने पूर्वानुमान


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा विकसित ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा आजसम्म रहने भएकाले त्यसैको प्रभावस्वरूप अपराह्न मुलुकका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले बताएको छ ।

आइतबार बिहान देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने अपराह्नपछि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मध्यदेखि पूर्वसम्म निसर्गको प्रभाव हो भने पश्चिममा पश्चिमी वायु तथा स्थानीय वायुको समेत देशमा प्रभाव परेको छ। भोलिबाट भने चक्रवातको प्रभाव हट्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको