नालामा डुबेर एक व्यक्तिको मृत्यु « Khabarhub

नालामा डुबेर एक व्यक्तिको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरीको नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताए ।

चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ ।

चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ११ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको