बालिउडका ३ खानसहित हलिउडका सुपरस्टारलाई पछि पार्दै अक्षय कुमार « Khabarhub

बालिउडका ३ खानसहित हलिउडका सुपरस्टारलाई पछि पार्दै अक्षय कुमार


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका खेलाडीको नामबाट परिचित चर्चित सुपरस्टार अक्षय कुमारलाई पछिल्ला वर्षमा हिट फिल्मदिने मेसिन भनिन्छ । उनका हरेक फिल्म ब्लक बस्टर रहने गरेका छन् ।

यस सफलताकापछि अक्षयको २५ बर्षको मेहनत नै हो । अक्षयको यही मेहनतलाई निर्माताले अधिकतम पैसा लगाएर किन्ने गरेका छन् ।

अब यतिमात्र होइन, बलिउडका तीन खान त परको कुरा हलिउडका कैयौं सुपरस्टार पनि उनको तीव्र बेगको पछि परेका छन् ।

यस पटक फोब्स २०२० लिष्टमा अक्षयको हैसियत बाहिरीएको छ । फोब्सको नयाँ रिपोर्ट अनुसार अक्षय बलिउडका एकमात्र यस्ता कलाकार हुन् जसको नाम २०२० को ‘हाईएस्ट पेड एक्टर्स’को सुचिमा परेको छ ।

फोब्स २०२० को अधिकतम पारिश्रमिक थाप्ने कलाकारको सुचिमा अक्षय ५२ औं स्थानमा परेका छन् ।

यस सुचिलाई आधार बनाएर हेर्ने हो भने, अक्षयले हलिउड सुपरस्टार विल स्मिथ, जेनिफर लोपाज र इन्टरनेशनल टप पप स्टार रिहानालाई पछि छाडेका छन् । रिपोर्टमा अक्षयको बार्षिक आम्दानी ४८ दशमलव ५ मिलियन डलर बताइएको छ ।

अक्षय चाडैं रोहित शेट्टीको फिल्म ’सूर्यवंशी’ सहित ’लक्ष्मीबम’, ’बेलबटम’ र ’पृथ्वीराज’जस्ता फिल्ममाा देखा पर्नेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ३४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी