नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो « Khabarhub

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आइतबार थपिएका संक्रमतिमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

४६७ जना डिस्चार्ज

नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी  प्रदेश २ का ८ जिल्लामा एक हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना रहेका छन् ।

त्यस्तै  कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

रोल्पामा पनि संक्रमित थपिएसँगै देशभरका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १३ जनाको मृत्यु 

संक्रमितमध्य नेपालमा हालसम्म १३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

नेपालमा कोरोनाका कारण हालसमम सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष,  पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ४ : २३ बजे

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली