डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध « Khabarhub

डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ ।

डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि यातायातका साधन चल्ने अवस्थामा नरहेको यातायात कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत भएर सञ्चालन हुने सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।

अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक लगातारको वर्षाले खाल्डाखुल्डी र हिलाम्मे भएर चिरा परी भासिँदै गएको अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

दैनिकजसो जिल्ला सदरमुकाम आवतजावत गर्ने र घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडक लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय लोकेन्द्र विकको गुनासो छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ०९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने