लागुऔषधसहित पक्राउ « Khabarhub

लागुऔषधसहित पक्राउ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – लागुऔषधसहित प्रहरीले सिरहाका छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसअघि सोमबार मात्रै घरमै लागुऔषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले लागुऔषधसहित गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले लागुऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थानसहित साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ११ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच