गरिमा धानपीडित कृषकले बल्ल पाए राहत « Khabarhub

गरिमा धानपीडित कृषकले बल्ल पाए राहत


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको गैँडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।

कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा ६४० रूपैयाँका दरले  क्षतिपूर्ति रकम उपलब्ध गराए ।

नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।

यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिए । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।

 

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ५७ बजे

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको