प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने « Khabarhub

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा सोमबार बस्ने गरी बोलाएको बैठकमा सहभागी नहुने उनले बताएका छन् ।

हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

अध्यक्ष साम्पाङले प्रमले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुपर्ने अडान राखेका छन् ।

‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । सदनको बैठक बोलाए त्यही कुरा राख्छौँ’, उनले भने, ‘हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ। जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : १८ बजे

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स