दीपकराज गिरी भन्छन् – मेरो लक्ष्य कहिल्यै महानायकको घरतिर मोडिएन « Khabarhub

दीपकराज गिरी भन्छन् – मेरो लक्ष्य कहिल्यै महानायकको घरतिर मोडिएन


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाइरहेका छन् । उनी ट्रोल आफ्ना कारणले भएका भने होइनन् ।

एक अन्तर्वार्ताका क्रममा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाको खुबै विरोध भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले राजेश हमाललाई महानायक नभनेको भन्दै विरोध जनाएका थिए ।

ट्रोलको शिकार भएपछि दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी मागेकी थिइन् ।

दीपाले माफी मागे पनि फ्यानले उनको विरोध गर्न छोडेका छैनन् । यता अभिनेता दीपकराज गिरीले पनि दीपाश्री विवादमा आइरहेका बेला भइरहेको विरोधलाई केलाउँदै एक स्टाटस लेखेका थिए ।

गिरीको स्टाटसपछि फ्यान उनीमाथि पनि खनिएका छन् । हमालका फ्यानले दीपकराज गिरीलाई महानायक भन्दै व्यङ्ग्य गरेका छन् ।

यसैबीच गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कहिल्यै पनि महानायकको घरतिर नमोडिएको बताएका छन् । उनले लेखेका छन्, ‘जबदेखि कलाकार भएँ, हरि (हरिवंश आचार्य) दाइ, मदन (मदनकृष्ण श्रेष्ठ) दाइ र सन्तोष पन्त दाइजस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थें, मेरो बाटो कहिल्यै पनि महानायकको घरतिर मोडिएन ।’

उनले आफूले कलाकारिता थालेदेखि नै हास्यकलाकार हुन चाहेको तर महानायक बन्न नचाहेको बताएका छन् । ‘मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद,’ उनले भनेका छन् ।

दीपाश्रीलाई समर्थन गरेको भन्दै दीपकराज गिरीलाई विनाकारण महानायकको उपाधि दिँदै व्यङ्ग्य गरिएपछि गिरीले यस्तो भनाइ राखेका हुन् । उनी अगाडि लेख्छन्, ‘जब असत्य चिच्याइ चिच्याइ बोलेर भीड जम्मा गरिरहेको हुन्छ भने सत्यले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : २२ बजे

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको