परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई « Khabarhub

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँस्थित रुसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।

दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उनले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवर्द्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

सन्देशमा रूसी परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनालको सुस्वास्थ्य तथा कार्यकालको सफलताको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १० : २७ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण