नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने, स्थायी कमिटी बैठक पनि चलाउने « Khabarhub

नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने, स्थायी कमिटी बैठक पनि चलाउने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । आजको वार्ता पनि कुनै ठोस सहमतिमा नपुगी सकिएको नेकपा स्रोतले जनाएको छ ।

तर आजको बैठकमा अध्यक्षद्वयबीच वान टु वान वार्ता जारी राख्ने र स्थायी कमिटी बैठक पनि अघि बढाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक विवाद हल गर्ने भन्दै नेकपाको जारी स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

विवाद हल गर्न जुटेका अध्यक्षद्वय ओली र प्रचण्डबी आज प्रधानमन्त्रीनिवास बालुवाटारमा झन्डै दुई घण्टा छलफल भएको छ ।

बिहान ११:४० देखि १:३० सम्म भएको छलफलमा दुई अध्यक्षले बुधबार पुनः सुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् ।

साथै, स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्लाएक्लै छलफल निरन्तर गर्ने समझदारी भएको बुझिएको छ ।

सोमबार भएको दुई अध्यक्षको छलफलमा दोस्रो तहका नेताहरूलाई वार्तामा सहभागी नगराई अध्यक्षद्वयले वान टु वान वार्ता गर्दै जाने समझदारी भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : ४७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच