कवाड बटुल्ने हुलिया बनाएर सुन पसल चोरी | Khabarhub Khabarhub

कवाड बटुल्ने हुलिया बनाएर सुन पसल चोरी


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए ।

यसपालि भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरुले कागज बोतल सङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दिनसम्म रेकी गरी मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो ।

उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए ।

घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका एक जना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

उनीहरु दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाइ चोरी गरेको फेला परेको छ ।

गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालन गरेको खुल्न आएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ४९ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक