मास्कको गलत प्रयोग मास्क नलगाउनु जत्तिकै खतरा: स्वास्थ्य मन्त्रालय « Khabarhub

मास्कको गलत प्रयोग मास्क नलगाउनु जत्तिकै खतरा: स्वास्थ्य मन्त्रालय


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको गलत प्रयोग गर्दा त्यसको उपयोगिता शून्य हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मास्कको गलत प्रयोग गर्नु मास्क नलगाउँदाको जत्तिकै खतरा हुने बताए ।

डा. गौतमले गृह मन्त्रालयको निर्देशनपछि मास्क प्रयोग गर्नेहरुको संख्या बढे पनि मास्कलाई धेरैले चिउँडोमा मात्र लगाएको भन्दै त्यसो गर्न नहुने बताए ।

‘मास्कको प्रयोग भए पनि कतिपयले मास्क टाउकोमा, चिउँडोमा राख्दै मास्कको प्रयोग ठीकसँग नगरेको देखिन्छ,’ डा. गौतमले भने, ‘मास्कको उचित प्रयोग नगर्नु भनेको मास्क नलगाउनुजस्तै खतरा हो ।’

डा. गौतमले मास्क लगाउनुअघि साबुन पानीले मिचीमिची २० सेकेन्डसम्म हात धुनुपर्ने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउनुअघि मास्क सफा छ वा छैन भनेर हेर्न पनि अनुरोध गरे ।

अनुहारमा टपक्क टाँसिने गरी मास्कलाई मिलाउने,  लगाउँदा मास्कको तुनामा मात्र समाएर लगाउने, मास्क लगाउँदा नाक, मुख र चिउँडो राम्रोसँग छोप्ने गरी लगाउनुपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ०५ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान