मास्कको गलत प्रयोग मास्क नलगाउनु जत्तिकै खतरा: स्वास्थ्य मन्त्रालय « Khabarhub

मास्कको गलत प्रयोग मास्क नलगाउनु जत्तिकै खतरा: स्वास्थ्य मन्त्रालय


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको गलत प्रयोग गर्दा त्यसको उपयोगिता शून्य हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मास्कको गलत प्रयोग गर्नु मास्क नलगाउँदाको जत्तिकै खतरा हुने बताए ।

डा. गौतमले गृह मन्त्रालयको निर्देशनपछि मास्क प्रयोग गर्नेहरुको संख्या बढे पनि मास्कलाई धेरैले चिउँडोमा मात्र लगाएको भन्दै त्यसो गर्न नहुने बताए ।

‘मास्कको प्रयोग भए पनि कतिपयले मास्क टाउकोमा, चिउँडोमा राख्दै मास्कको प्रयोग ठीकसँग नगरेको देखिन्छ,’ डा. गौतमले भने, ‘मास्कको उचित प्रयोग नगर्नु भनेको मास्क नलगाउनुजस्तै खतरा हो ।’

डा. गौतमले मास्क लगाउनुअघि साबुन पानीले मिचीमिची २० सेकेन्डसम्म हात धुनुपर्ने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउनुअघि मास्क सफा छ वा छैन भनेर हेर्न पनि अनुरोध गरे ।

अनुहारमा टपक्क टाँसिने गरी मास्कलाई मिलाउने,  लगाउँदा मास्कको तुनामा मात्र समाएर लगाउने, मास्क लगाउँदा नाक, मुख र चिउँडो राम्रोसँग छोप्ने गरी लगाउनुपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ०५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा