सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन पक्राउ « Khabarhub

सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन पक्राउ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्रका विभिन्न सुन चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–४ घर भएका ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका–३ घर भएका ४९ बर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी रहेका छन् ।

०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन–चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई विभिन्न सुन–चाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन–चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ५० बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा