सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन पक्राउ | Khabarhub Khabarhub

सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन पक्राउ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सुन–चाँदी पसलमा चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्रका विभिन्न सुन चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–४ घर भएका ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका–३ घर भएका ४९ बर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी रहेका छन् ।

०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन–चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई विभिन्न सुन–चाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन–चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ५० बजे

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली