पहिरोले स्वास्थ्यचौकी भवन पुरियो, नगरपालिका उच्च जोखिममा | Khabarhub Khabarhub

पहिरोले स्वास्थ्यचौकी भवन पुरियो, नगरपालिका उच्च जोखिममा


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका –१४ को स्वास्थ्यचौकी भवन पहिरोले पुरेको छ ।

साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्यचौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो । पहिरोले पुर्दा स्वास्थ्यचौकी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोका कारण भवनसहित स्वास्थ्यचौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्यचौकी इञ्चार्ज छवि खड्काले जानकारी दिए । केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । स्वास्थ्यचौकी भवन पहिरोले पुरिएपछि स्थानीयवासीका घरमा कोठा भाडामा लिएर सेवा दिएको इञ्चार्ज खड्काले बताए ।

स्थानीयवासी एक जनाले स्वास्थ्यचौकी भवनमाथि रहेको पाखो भिरालो जमीन डोजर लगाएर सम्याई पर्खाल लगाएपछि उक्त सबै भाग खसेर स्वास्थ्यचौकी भवन पुरिएको बताइएको छ । जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा उक्त भवन पनि पहिरोले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ ।

इञ्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनाको विकल्प छैन् ।
यसैबीच अर्काे पहिरोबाट एक घर पुरिएको तथा एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम बिष्टले बताए ।

वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिरोले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर उच्च जोखिममा रहेको उहनको भनाइ छ । त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमा समेत क्षति पुगेको छ ।

यसैबीच जिल्लाको आठबीसकोट नगरपालिकाको कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । वडा नं ९ को राडी बजार नजीकै रहेको नगरपालिकाको कार्यालयमाथि रहेको राडीपाखाबाट खसिरहेको पहिरोको उच्च जोखिममा परेको हो । पहिरोका कारण नगरपालिकाको कार्यालय रहेका भवन पुरिने जोखिम बढ्दै गएको छ ।

लगातारको वर्षाका कारण निरन्तर पहिरो खसिरहेको छ । यसबाट नगरपालिकाका कार्यालय उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

पहिरो नगरपालिकाभन्दा माथि रहेको सडकमा खसेको छ भने केही ढुङ्गा कार्यालयमा पुगेका छन् । पहिरो खसिरहेकाले कतिबेला नगरपालिका कार्यालय पुरिन्छ भन्ने चिन्तामा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेका छन् । जोखिमका बीचमा पनि नगरपालिकाले सेवा भने प्रवाह गरिरहेको छ ।

नगरपालिकाको कार्यालय गिजागाड खोलाको जोखिममा समेत छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा क्षति भएको थियो भने खोलाको कटानका कारण नगरपालिका कार्यालय जोखिममा रहेको छ ।

यसैबीच राडी बजारमा ल्याइएको खानेपानी अवरुद्ध भएको छ । नगरपालिका कार्यालयलाई जोखिममा पारेको पहिरोले पाइपमा क्षति गरेपछि राडी बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । यसबाट राडी बजारवासी खानेपानीको समस्यामा परेका छन् । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : १७ बजे

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल

 काठमाडौं– किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा

कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना हुँदा ९ वर्षीया छात्राको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माईक्रो भ्यानको

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्री दीपक