पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने | Khabarhub Khabarhub

पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन् ।

उनले पार्टीले गरेको निर्णय अवैधानिक भएको बताउँदै न्यायका लागि सर्वोच्च जाने बताएकी हुन् ।

सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्च जाने बताएकी हुन् ।

उनले भनिन्, ‘ पार्टीको निर्णय संघीय कानून विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको छ,  कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्छ । न्यायका लागि भोलि अदालत जान्छु ।’

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गर्ने निर्णय गरेको हो ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ३६ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ