पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने « Khabarhub

पार्टीको निर्णयविरुद्ध सरिता गिरी सर्वोच्च जाने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन् ।

उनले पार्टीले गरेको निर्णय अवैधानिक भएको बताउँदै न्यायका लागि सर्वोच्च जाने बताएकी हुन् ।

सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्च जाने बताएकी हुन् ।

उनले भनिन्, ‘ पार्टीको निर्णय संघीय कानून विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको छ,  कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्छ । न्यायका लागि भोलि अदालत जान्छु ।’

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गर्ने निर्णय गरेको हो ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ३६ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन