विश्वका खतरनाक ५ स्थान « Khabarhub

विश्वका खतरनाक ५ स्थान


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता स्थान छन् जहाँ आजकलका मानिसको बसोबास त धेरै परको कुरा त्यहाँ पुग्ने समेत सम्भावना छैन । तर आजभन्दा कैयौ सय बर्षअघिका त्यस स्थानमा मानिसको बसोबास रहेको प्रमाण भेटिएको छ ।

निकै अप्ठेरो र खतरनाक स्थलमा समेत मानिस बसेको प्रमाण पाएसंगै त्यसलाई अहिले पर्यटकिय स्थल बनाइएको छ । आज हामी यस्तै केहि अनौठा स्थानका बारेमा बताउँदै छौ :

१. कप्पादोकियाँ
टर्कीको प्राचीन अनाटोलिया प्रान्तमा स्थित कप्पादोकियालाई मानिसको पुरानो बसोबास स्थल मध्ये एक मानिन्छ ।

यस स्थानको अवलोकनले पनि मानव विकास क्रम कसरी भएको रहेछ भन्ने जानकारी पाउन सकिन्छ । जहाँ ईसा पुर्व छैठौ शताब्दिको रेकर्ड अनुसार पारसी साम्राज्यको सबैभन्दा पुरानो प्रान्त हो । यो स्थल युनेस्को विश्व धरोहरमा समावेश छ ।

२. अल हजराह
यमनको हराज पहाडको सबैभन्दा अग्लो भागमा बनेको एक पर्खालको शहर छ । जहाँ आजकल मानिसहरु पुग्ने सम्भावना निकै कम छ । तर यस स्थलमा पहिले मानिसको बसोबास थियो ।

जसलाई अल हजराहको नामले समेत चिनिन्थ्यो । आधिकारीक प्रमाणका आधारमा यसलाई १२ औं शताब्दिको मानिन्छ ।

३. पोन्टे वेकिया

इटालीको फिरेन्डे शहरको सम्झना योग्य पुल मध्ये एक हो, पोन्टे वेकियो अर्थात ओल्ड ब्रिज । यो पुल आर्नो नदीमा अवस्थित छ ।

यस पुलको निर्माण सन् १३४५ मा भएको थियो । तर केहि समय पश्चात यहि पुल माथि मानिसहरुले घर र पसलहरुको निर्माण गर्न थाले ।

४. रासानोऊ मनेस्ट्री मठ

ग्रीसको थेसले क्षेत्रमा एक सिधा ठाडो पहाडी भागमा रासानोऊ मनेस्ट्री मठ लाई सन् १५४५ मा दोश्रो पटक निर्माण गरिएको थियो ।

त्यसबेला यसलाई दुई दाजुभाई मैक्सिमोस र लोआस्फे मिलेर बनाएका थिए । यसमा चर्च, अतिथी कोठा, रिसेप्शन हल र डिस्प्ले हल समेत बनाइएको थियो ।

सन् १८०० मा यसमा जानेबाटोमा काठको पुल बनेपछि यस स्थानमा पुग्न सहज बनेको थियो ।

५. सी ल्याण्ड

समुन्द्रले जुन भागलाई आफ्नो बनाउँछ त्यसमाथि कुनै पनि देशको अधिकार हुदैन । तर सी फोर्टको भने रहस्य भने अनौठो छ ।

केहि मानिसले यसलाई विश्वको सबैभन्दा सानो राज्यको उपाधी दिएका छन् । सील्याण्डमा बनेको सी फोर्ट, ग्रेट ब्रिटेन आईलैण्डबाट १३ किलोमिटरको दुरीमा रहेको छ ।

पहिला यस सि लैण्डको आफ्नै पासर्पोट र मुद्रा समेत थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : २१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा