बन्दाबन्दीमा निजी विद्यालयले शुल्क मागेको भन्दै विरोध « Khabarhub

बन्दाबन्दीमा निजी विद्यालयले शुल्क मागेको भन्दै विरोध


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् ।

लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको र त्यसबाट अभिभावक पनि अछूतो नरहेको उनीहरुको भनाइ छ ।

मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालले बन्दाबन्दीको समयमा पनि अभिभावकसँग निजी विद्यालयले शुल्क असुल्न खोज्नु जायज नहुने उल्लेख गर्दै त्यसका विरुद्ध सम्बन्धित सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

उनले भने, “कोभिड–१९ को कारणले हरेक क्षेत्रलाई समस्या परेको छ, तर निजी विद्यालयले शुल्क तिर्न अभिभावकलाई दिएको दबाब हेर्दा सामान्य जीवन चलाउने अभिभावकलाई असर नै परेको छैन भन्ने बुझाइ देखियो, त्यही भएर शुल्क मागियो, यो गलत छ, राज्यले समेत अभिभावक समस्यामा छन् भन्ने बिर्सियो ।”

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले बन्दाबन्दीका कारण ज्यालादारीलगायत सबै क्षेत्रका मान्छेहरु बेरोजगार भएको अवस्थामा निजी विद्यालयले शुल्क उठाउनु उचित नहुने बताए । उनले भने, “माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरिने कुरा संविधानमै लेखिएको छ, संविधान कार्यान्वयन हुनुपर्छ, तर शिक्षाको नाममा हाम्रो देशमा ठूलो व्यापार भएको छ । राज्यले खर्बौंको लगानी शिक्षामा गरेको छ । तर यो लगानी खेर गएको छ ।”

शिक्षा अभियानका संयोजक ज्ञानेन्द्र शाहीले लकडाउनको बेलामा मारमा परेका अभिभावकको ढाड सेक्ने गरी शुल्क तिर्न दबाब दिइनु अन्यायपूर्ण कदम भएको बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ४८ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म