ट्रम्प प्रशासनको आलोचक डाक्टर फाउचीलाई ज्यान मार्ने धम्की ! « Khabarhub

ट्रम्प प्रशासनको आलोचक डाक्टर फाउचीलाई ज्यान मार्ने धम्की !


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रणका लागि ट्रम्प प्रशासनको चर्को आलोचक मानिएका अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूलाई ज्यान मार्ने धम्की आएको तथा छोरीलाई पनि अनाहकमा दुःख दिइएको उनको भनाइ छ ।

‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपरोस् ।’ यो त अस्वाभाविक भयो,’ ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुराकानीमा भने ।

उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्नेबारे चाँही केही पनि खुलाएका छैनन् । कोरोना नियन्त्रणको सवालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति र व्यवहारको उनी चर्को आलोचकसमेत हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई