भरिया बन्दै विपिन (भिडियो) « Khabarhub

भरिया बन्दै विपिन (भिडियो)


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित ‘डर छैन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ भने नारायण गौतमले शब्द कोरेका छन् । यस्तै गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

भिडियोमा विपिनसँगै लोकमणि गौतम र बालकलाकार स्रभनी थापाको समेत अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । उनी फिल्म निर्देशक पनि हुन् । त्यसैगरी भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ ।

‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘प्रसाद’ लगायतका फिल्ममा अभिनय गरेका विपिनको यो तेस्रो म्युजिक भिडियो हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ३३ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र