कोरोनासँग मिल्दो लक्षण भएका बिरामीको मृत्यु « Khabarhub

कोरोनासँग मिल्दो लक्षण भएका बिरामीको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरससँग मिल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । उनी कोशी अस्पतालमा उपचाररत थिए ।

अस्पतालका अनुसार विराटनगर ९ बाट ज्वरो र श्‍वासप्रश्‍वाससम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको हो ।

परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्षण थियो । तर, बिहान एक्कासि श्‍वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो ।

कोशी अस्पताल आइसोलेसनका इन्‍चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ल्याई पुग्दा उनको मृत्यु भइसकेको थियो ।

कोरोनासँग मिले लक्षणहरु देखिएकाले स्वाब संकलन गरेर परीक्षण गर्न पठाएको उनले बताए ।

कोशी अस्पतालको आइसोलेसनमा दुई दिनअघि पनि दुई पुरुषको मृत्यु भएको थियो । उनीहरुमा पछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ४४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी