बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु « Khabarhub

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो ।

लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आएका छन् । केही समय पोखरामा डायलासिस गराएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहेका छन् ।

घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ ।

रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वर्ल्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाए ।

मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उनलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताए ।

“श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौं”, उनले भने, “तर एक्कासी एकदमै दुःखद् घटना घट्यो ।”

रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि