कोरोना मुक्त भएका ९० प्रतिशत मानिसको फोक्सोमा समस्या « Khabarhub

कोरोना मुक्त भएका ९० प्रतिशत मानिसको फोक्सोमा समस्या


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको छ ।

चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ । वुहान विश्वविद्यालयको एक टोलीले अप्रिल महिदेखि झोङ्गनान अस्पतालका १०० जना बिरामीमाथि निरिक्षण गरिरहेका छ ।

एक बर्षको कार्यक्रमको पहिलो चरण जुलाईमा समाप्त भयो। पहिलो चरणको नतीजामा बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामा रहेको देखिएको छ । जसको मतलब उनीहरूको फोक्सोको भेन्टिलेसन र ग्यास विनिमय कार्य स्वस्थ व्यक्तिहरूको स्तरमा सुधार भएको छैन।

अस्पतालको सघन इकाईका निर्देशक, पेन्ग झियोङ नेतृत्वको टोलीले बिरामीहरूसँग छ मिनेट पैदल परीक्षण गरेको थियो । जसमा बिरामी उक्त समयमा केवल ४ सय मिटर मात्र हिड्न सक्ने खुलेको थियो । यस अवधिमा स्वस्थ मानिस ५ सय मिटर हिड्न सक्छ ।

यसको मतलब बिरामी मानिसहरु पूर्ण रुपमा सन्चो हुन अझै केही समय लाग्ने देखिएको पेन्गले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ५६ बजे

बुटवल उपमहानगरद्वारा किसानलाई कृषि उपकरण प्रदान

लुम्बिनी – बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध

एक करोड ८९ लाख राजस्व सङ्कलन

वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक

व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी – कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई 

बारा- सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार