कोरोना मुक्त भएका ९० प्रतिशत मानिसको फोक्सोमा समस्या « Khabarhub

कोरोना मुक्त भएका ९० प्रतिशत मानिसको फोक्सोमा समस्या


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको छ ।

चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ । वुहान विश्वविद्यालयको एक टोलीले अप्रिल महिदेखि झोङ्गनान अस्पतालका १०० जना बिरामीमाथि निरिक्षण गरिरहेका छ ।

एक बर्षको कार्यक्रमको पहिलो चरण जुलाईमा समाप्त भयो। पहिलो चरणको नतीजामा बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामा रहेको देखिएको छ । जसको मतलब उनीहरूको फोक्सोको भेन्टिलेसन र ग्यास विनिमय कार्य स्वस्थ व्यक्तिहरूको स्तरमा सुधार भएको छैन।

अस्पतालको सघन इकाईका निर्देशक, पेन्ग झियोङ नेतृत्वको टोलीले बिरामीहरूसँग छ मिनेट पैदल परीक्षण गरेको थियो । जसमा बिरामी उक्त समयमा केवल ४ सय मिटर मात्र हिड्न सक्ने खुलेको थियो । यस अवधिमा स्वस्थ मानिस ५ सय मिटर हिड्न सक्छ ।

यसको मतलब बिरामी मानिसहरु पूर्ण रुपमा सन्चो हुन अझै केही समय लाग्ने देखिएको पेन्गले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ५६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको