पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको खबरहबलाई बताए ।

डा शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन् ।

यसअघि पाटन अस्पतालमा बिहीबार राति एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

दुबै शव अस्पतालमै रहेको डा शर्माले बताए । दुवै जनाको शव आज बेलुकासम्म नेपाली सेनाले कोभिड १९ शब व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गर्ने डा शर्माको भनाइ छ ।

“हाम्रो अस्पतालमा हिजो राति र आज गरी एक महिला र एकजना पुरुषको मृत्यु भयो, उहाँहरू दुवैजना कोरोना संक्रमित आइसियुमा उपचार हुनुहुन्थ्यो,” डा शर्माले भने, “उहाँहरु दुवैको शव अहिले अस्पतालमै छ । आज बेलुका सम्ममा शव व्यवस्थापन हुन्छ होला ।”

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४१ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख