पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको खबरहबलाई बताए ।

डा शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन् ।

यसअघि पाटन अस्पतालमा बिहीबार राति एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

दुबै शव अस्पतालमै रहेको डा शर्माले बताए । दुवै जनाको शव आज बेलुकासम्म नेपाली सेनाले कोभिड १९ शब व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गर्ने डा शर्माको भनाइ छ ।

“हाम्रो अस्पतालमा हिजो राति र आज गरी एक महिला र एकजना पुरुषको मृत्यु भयो, उहाँहरू दुवैजना कोरोना संक्रमित आइसियुमा उपचार हुनुहुन्थ्यो,” डा शर्माले भने, “उहाँहरु दुवैको शव अहिले अस्पतालमै छ । आज बेलुका सम्ममा शव व्यवस्थापन हुन्छ होला ।”

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको